टर्कीसहित ५ मुलुकका गैरआवासीय राजदूतले बुझाए ओहदाको प्रमाणपत्र 

काठमाडौँ — टर्कीसहित ५ मुलुकका गैरआवासीय राजदूतहरूले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहदाको प्रमाणपत्र पेस गरेका छन् । 

टर्कीसहित ५ मुलुकका गैरआवासीय राजदूतले बुझाए ओहदाको प्रमाणपत्र 

यसरी ओहदाका प्रमाणपत्र बुझाउने गैरआवासीय राजदूतहरुमा सिंगापुरका सिमोम वोङ वेई कुइन, न्यूजिल्यान्डका डेभिड ग्रेगोरी पेन, होली सीका मोस्ट रिभेरेन्ड लिओपोल्डो गिरेली, टर्कीका फिराट सुनेल र रोमानियाका ड्यानियल मरियाना सेजोनोभ–टेन हुन् ।

राष्ट्रपति कार्यालयको अनुसार राष्ट्रपति भण्डारी समक्ष गैरआवासीय राजदूतहरूले राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका हुन् ।

प्रकाशित : मंसिर ८, २०७८ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?