कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

२४ घण्टामा ३०५ कोरोना संक्रमित थपिए, २३२ जना निको

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट ३०५ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बुधबार जारी सूचनामा ७ हजार ५९० पीसीआर नमुना परीक्षण गर्दा ३०५ जनामा कोरोना पोजिटिभ देखिएको उल्लेख छ ।

२४ घण्टामा ३०५ कोरोना संक्रमित थपिए, २३२ जना निको

यस्तै, २३ सय ३० एन्टिजेन परीक्षण गर्दा २७ जनामा पोजिटिभ देखिएको छ । नेपालमा हालसम्म ८ लाख २० हजार ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

बुधबार २३२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ८ लाख १ हजार १२२ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत हो ।


यस्तै, हालसम्म कोरोनाबाट ११ हजार ५१३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । बुधबार थप ४ जनाको कोरोनाबाट मृत्यु भएको सूचनामा उल्लेख छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३६९ छन् भने ९८ जना क्‍वारेन्टाइनमा छन् ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म ८० लाख ५९ हजार ३०२ जनाले कोरोनाको पूर्ण खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : मंसिर ८, २०७८ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?