कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

न्यायिक क्षेत्रलाई क्यान्सर भएको छ, अप्रेसन र किमोको आवश्यकता छ : ओली

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यायिक क्षेत्रलाई क्यान्सर भएको बताउँदै त्यसलाई जरैदेखि फ्याँक्नुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एमाले निकट युवा संघको साइबर सर्कल उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले न्यायिक क्षेत्रमा भइरहेको विवादलाई 'क्यान्सर'को संज्ञा दिएका हुन् ।

न्यायिक क्षेत्रलाई क्यान्सर भएको छ, अप्रेसन र किमोको आवश्यकता छ : ओली

काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उनले सत्तारुढ गठबन्धनको कारण सर्वोच्च अदालतमा विवाद भइरहेको पनि आरोप लगाए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई लिएर सर्वोच्च अदालतमा जारी विवादबारे ओलीले भने, 'न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ । न्यायाधीश, बारले भनिरहेको छ । वरिष्ठ अधिवक्ता, कानुन व्यवसायी, जनता छक्क परिरहेको छ । क्यान्सरको उपचार धामी बोलाएर दुबोको मुन्टा, कुखुराको अण्डा ल्याएर यसो यसो पारेर दुनामा लगेर मन्साउने ?'

सामान्य रूपमा सर्वोच्च अदालतको विवाद साम्य नहुने ओलीको भनाइ थियो । 'त्यो विचरा अण्डा मन्साएर, अण्डा पर लगेर राखेर क्यान्सर निको हुन्छ ? अप्रेसनको आवश्यकता छ । किमोको आवश्कयता छ । बिमार त्यो तहको छ,' उनले भने ।

सर्वोच्च अदालतमा जारी विवाद आफ्नो नेतृत्वको सरकारतिर फ्याँकिएको ब्रह्मास्त्र फर्किएर भएको ओलीको भनाइ छ । उनले पाँच दलको कारण सर्वोच्चमा विवाद जारी रहेको बताए ।

अहिले मुलुकमा आन्दोलन नभएको तर सर्वोच्च अदालतमा आन्दोलन भइरहेको ओलीको भनाइ थियो । 'अहिले देशमा आन्दोलन छैन । सर्वोच्च अदालतको आँगनमा मात्रै आन्दोलन छ । जनता छक्क परिरहेको छ,' उनले भने, 'यो पाँच दलको कानुनी क्षेत्रको प्रकटीकरण मात्रै हो ।'

प्रकाशित : मंसिर ८, २०७८ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?