कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सचिवमा उठ्ने तयारी गरेको छु : योगेश भट्टराई

रासस

काठमाडौँ — नेकपा (एमाले)का सचिव योगेश भट्टराईले आफू १०औँ महाधिवेशनमा सचिवको उम्मेदवार रहने घोषणा गरेका छन् । तर अहिले नै माथिल्लो पदमा जान नखोजेको उनले बताए ।

सचिवमा उठ्ने तयारी गरेको छु : योगेश भट्टराई

'लामो यात्रामा हिँड्दा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ । म अहिले चौतारीमा बस्दैछु । सचिव पदमा उठ्ने तयारी गरेको छु,' उनले भने । तर अहिले नै माथिल्लो पदमा जान खेज्नु लुडोमा छिटोछिटो माथि चढेर तल झर्ने सम्भावना भए झैं हुने उनले अहिले हतार नगर्ने संकेत गरे ।

यस्तै नेकपा एमालेभित्रको समूह भनेकै नेकपा एमाले रहेको उनको भनाइ थियो । बुधबार नेता भट्टराईले पत्रकारहरूसँग कुराकानीको क्रममा यस्तो बताएका हुन् ।

उनले एमालेको १०औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पनि बताए । चितवनमा यही शुक्रबार सुरु हुने एमाले महाधिवेशनको व्यवस्थापन अन्तिम तयारीमा पुगेको उनले बताएका थिए । नेता भट्टराईका अनुसार अहिले प्रतिनिधि र नेताहरू चितवनमा आउने क्रम सुरु भएको छ ।

प्रकाशित : मंसिर ८, २०७८ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?