१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सीमामा बस्ने नेपालीले भूमि जोगाएका छन् : गृहमन्त्री खाण

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाणले नेपालको सीमा क्षेत्रमा बसोबास गर्ने सबै नेपाली राष्ट्रवादी भएको बताएका छन् । रुपन्देहीको कोटहीमाई गाउापालिका–५, मर्चवारीमा रहेको मर्चवारी माइ मन्दिरमा पुजाआजा पछि कांग्रेसका कार्यकर्तासागको भेटका क्रममा सम्बोधन गर्दै मन्त्री खाणले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकले नेपालको भूमि मिचिनबाट जोगाएको बताए ।

सीमामा बस्ने नेपालीले भूमि जोगाएका छन् : गृहमन्त्री खाण

‘नेपालको राष्ट्रियता, सान र पहिचान सीमा क्षेत्रका नेपाली जनताबाटै कायम रहेको छ,’ खाणले भने ।

उनले हिउादे बाली लगाउने बेलामा देखिएको रासायनिक मलसम्बन्धी समस्या सरकारले यथासक्य छिटो समाधान गर्ने बताए । ‘हामीले रासायनिक मल आयातमा देखिएको समस्या समाधानको प्रयास गरिरहेका छाौ,’ उनले भने, ‘केही समयमा मल उपलब्ध हुन्छ । त्यस्तै कोटहीमाईमा प्राविधिक शिक्षालय निर्माण गर्ने, सडक, खानेपानी र विजुलीलगायतका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ ।’

गृहमन्त्री खाणसाग रुपन्देही–४ बाट प्रत्यक्ष निर्वाचित संघीय सांसद प्रमोद यादव लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान युवा तथा खेलकुदमन्त्री वसिउद्दिन खाा र लुम्बिनी प्रदेश सांसद अष्टभुजा पाठक सहभागी समेत थिए ।

प्रकाशित : मंसिर ७, २०७८ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?