१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

२४ घण्टामा ३१३ कोरोना संक्रमित थपिए, २७३ जना निको

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ३१३ जना कोरोना संक्रमित थपिएका छन् । ८ हजार ७२९ वटा पीसीआर नमुना परीक्षण गर्दा ३१३ जनामा कोरोना पोजिटिभ देखिएको हो । थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १९ हजार ६९९ पुगेको छ ।

२४ घण्टामा ३१३ कोरोना संक्रमित थपिए, २७३ जना निको

यस्तै, १४ सय ४५ एन्टिजेन परीक्षण गर्दा ३८ जनामा कोरोना पोजिटिभ देखिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मंगलबार २७३ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना निको भएको दर ९७.७ प्रतिशत पुगेको छ । यस्तै, २४ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु भएको छ । योसँगै देशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५०९ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३ सय रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : मंसिर ७, २०७८ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?