२४ घण्टामा ३६७ कोरोना संक्रमित थपिए, २५८ निको

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ३६७ जनामा कोरोना संक्रमण देखिएको छ । ९ हजार ९२१ पीसीआर परीक्षण गर्दा ३६७ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा ३६७ कोरोना संक्रमित थपिए, २५८ निको

यस्तै, २ हजार ७७६ जनामा एन्टिजेन परीक्षण गर्दा १८ जना पोजिटिभ देखिएको मन्त्रालयद्वारा जारी विवरणमा उल्लेख छ । थपिएका नयाँ संक्रमितसँगै नेपालमा ८ ला १९ हजार ३८६ जनामा कोरोना संक्रमण भएको छ । यस्तै, ८ लाख ६१७ जना निको भएका छन् । कोरोना संक्रमितको निको भएको दर ९७.७ प्रतिशत छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २६९ छ । यस्तै, ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : मंसिर ६, २०७८ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?