गोलाप्रथाबाट पेशी तोक्ने सम्बन्धी सर्वोच्च अदालत नियमावली  राजपत्रमा प्रकाशित- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोलाप्रथाबाट पेशी तोक्ने सम्बन्धी सर्वोच्च अदालत नियमावली  राजपत्रमा प्रकाशित

कान्तिपुर संवाददाता

काठमाडौँ — गोलाप्रथाबाट पेशी तोक्ने व्यवस्था सहितको सर्वोच्च अदालत (दोस्रो संशोधन ) नियमावली सोमबार राजपत्रमा प्रकाशित भएको छ । यसअघि सर्वोच्च अदालतको फूलकोर्ट बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको थियो ।

त्यही निर्णयअनुसार नियमावली संशोधन भएको हो । अब राजपत्रमा प्रकाशित नियमावली कहिलेबाट लागू हुने भन्नेबारे सर्वोच्चको फूलकोर्टले नै निर्णय गर्नुपर्छ । यो नियमावलीले सर्वोच्चका पेशी तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधिकारर काटौती गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले झण्डै एक महिनादेखि आन्दोलन गरिरहेको छ ।

प्रकाशित : मंसिर ६, २०७८ १६:११
प्रतिक्रिया
पठाउनुहोस्

एक महिनादेखि बेपत्ता युवकको शव भेटियो

हरि गौतम

रुकुम पश्चिम — रुकुममा एक महिनादेखि बेपत्ता एक युवकको शव भेटिएको छ । मुसीकोट नगरपालिका–१०, गलमपाटीका ३३ वर्षीय रणबहादुर रोकाको शव सोमबार भेटिएको हो । गत कात्तिक ९ गते घरबाट हराएका उनको शव सोमबार बिहान १० बजे भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार सोही वडाको ग्वाला बस्ने भीरमा सडेको अवस्थामा उनको शव भेटिएको हो । परिवार तथा आफन्तले उनको खोजि गरिरहेका थिए ।

खोजी गरिरहेकै अवस्थामा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए । प्रहरी चौकी झुल्खेतको टोली घटना स्थलमा पुगेर घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर ६, २०७८ १५:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×