कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

बारको टोलीलाई नेम्वाङले भने- 'तपाइँहरूमाथि प्रहरी हस्तक्षेप भएको सुनेर दु:ख लाग्यो'

काठमाडौँ — नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बार एसोसिएसनको आन्दोलनमाथि प्रहरी हस्तक्षेप भएकोमा आफूलाई दुख लागेको बताएका छन् ।

बारको टोलीलाई नेम्वाङले भने- 'तपाइँहरूमाथि प्रहरी हस्तक्षेप भएको सुनेर दु:ख लाग्यो'

'दंगा प्रहरी हस्तक्षेपका कुरा सुनेर दुख लागेको छ । दुख व्यक्त गर्दछु । यसलाई ठीक निष्कर्षमा पुर्‍याउन सबै पक्ष लाग्नुपर्छ । यस्तो स्थिति नआएको भए हुन्थ्यो । अदालत र बार छलफल गरेको भए राम्रो हुन्थ्यो । तर बाहिर आयो यो राम्रो होइन,' नेता नेम्वाङले भने ।

संसद्‍मा भएका घटनामा पनि आफूहरूले न्याय पाउन नसकिएको भन्दै बारले उठाएका विषय गम्भीर भएको उनले बताएका थिए । नेपाल बार एसोसिएसनले सोमबार बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै नेता नेम्वाङले यस्तो प्रतिक्रिया दिएका हुन् ।

पूर्वसभामुखसमेत रहेका नेम्वाङले उक्त ज्ञापनपत्र छिट्टै आफ्नो पार्टीमा बुझाउने बताएका थिए । साथै पार्टीको ध्यानाकर्षण गराउन पहल गर्ने उनको भनाइ थियो । बारले भने उक्त मुद्दा समाधानका लागि राजनीतिक दलहरूले पहलकदी गर्नुपर्ने जनाएको छ ।

प्रकाशित : मंसिर ६, २०७८ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?