१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

प्रधानन्यायाधीशले पैसा लिएर फैसला गरेको सूचना भए उपलब्ध गराउनूस् : अध्यक्ष श्रेष्ठ

काठमाडौँ — नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पैसा लिएर गरेको फैसलाको सूचना भए उपलब्ध गराउन कानुन व्यवसायी र सेवाग्राहीलाई आग्रह गरेका छन् । 

प्रधानन्यायाधीशले पैसा लिएर फैसला गरेको सूचना भए उपलब्ध गराउनूस् : अध्यक्ष श्रेष्ठ

सोमबार पनि सर्वोच्च अदालत परिसरमा बारले दिएको धर्ना कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले पैसा खाएर गरेको फैसलाको सूचना भए नेपाल बारमा उपलब्ध गराउन कानून व्यवसायी र सेवाग्राहीहरुलाई आग्रह गरेका हुन् । प्रधानन्यायाधीश जबराले गरेको फैसलाहरूले विकृति, विसंगति, बिचौलिया र भ्रष्टाचार भइरहेको आरोप लगाउँदै नेपाल बारले पनि प्रधानन्यायाधीशले गरेको फैसलाको अध्ययन र संकलन गरिरहेको श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशले पैसा लिएर गरेको फैसलालाई राखेर जनताको बीचमा पेस गरिने बताए । न्यायालयमा विकृति र विसंगति भइरहेको भन्दै कानसुन व्यवसायीहरु आन्दोलनमा उत्रिएको दुई हप्ता भइसक्दा समेत ‘राजनीतिक दल कानमा तेल र मुखमा बुझो हालेर बसेको’ आरोप श्रेष्ठको छ ।

अध्यक्ष श्रेष्ठले राज्यको महत्त्वपूर्ण अंगमा आएको समस्याका बारेमा चुप लागेर बस्ने भए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिए ।

अध्यक्ष श्रेष्ठले भने, ‘हाम्रो यो हप्ताको कार्यक्रमअन्तर्गत, जो दलहरु अझै पनि कानमा तेल र मुखमा बुझो लगाएर बसिरहनु भएको छ, के न्यायपालिका राज्यको अंग होइन ? राज्यको एउटा महत्त्वपूर्ण अंगमा यो अवस्था आउँदा चुप लागेर बस्ने हो ? हामीले किन राजीनामा मागिरहेका छौँ भन्ने कुरा आज हामी प्रतिनिधिसभामा संसद्मा सहभागी भएका राजनीतिक दल र संसदीय दलहरुमा राजीनामा किन भन्ने कुरा दिन गइरहेका छौँ, २ बजे आज कार्यक्रम छ, त्यसपछि राजीनामा किन मागेका छौँ भन्ने कुरा डिटेल्समा तपाईंहरुको बीचमा राख्नेछौँ, अर्को विनम्र अनुरोध गर्दछु, उहाँले गर्नुभएका कर्तुत, विवादित प्रधानन्यायाधीश संलग्न भएको जति पनि फैसलाहरु छ, जसले गर्दा विसंगति, विकृति, विचौलिया र भ्रष्टाचार भइरहेको छ, ती फैसलाहरु नेपाल बार एसोसिएसनले संकलन, अध्ययन गरिरहेको छ, तपाईंहरुसँग भएको, तपाईहरुलाई अन्याय परेको, तपाईंहरुसँग अत्यन्त पैसा लिएको फैसलाहरु बारमा दिनुहुनको लागि विनम्र अनुरोध गर्दछु । ’

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले तीन वर्ष न्यायपालिका र सेवाग्राहीमाथि अन्याय गरेको आरोप लगाउँदै अब अन्याय हुन नदिने बताए । उनले प्रधानन्यायाधीश जबराले धनाढ्यहरुको मुद्दामा मात्रै काम गरिरहेको तर १५÷१६ वर्ष अघिका मुद्दा नहेरेको दाबीसमेत गरे ।

प्रकाशित : मंसिर ६, २०७८ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?