सर्वोच्चभित्र तैनाथ सशस्त्र र दंगा प्रहरी हटाउन बारको माग- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्वोच्चभित्र तैनाथ सशस्त्र र दंगा प्रहरी हटाउन बारको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतभित्र तैनाथ गरिएका सशस्त्र र दंगा प्रहरी हटाउन माग गरेको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले कानुन व्यवसायीमाथि दमन गर्नका लागि अदालतभित्र सशस्त्र र प्रहरी राखिनु निन्दनीय भएको बताए । 

आइतबार बारको कार्यालयमा आयोजित विरोध सभामा बोल्दै अध्यक्ष श्रेष्ठले भने, 'कानुन व्यवसायीमाथि दमन गर्नका लागि सर्वोच्च अदालतभित्र सशस्त्र र दंगा प्रहरी राखिएको छ । यो निन्दनीय छ । यसको अन्त्यका लागि हामीले सम्बन्धित निकायलाई अनुगमन गर्न आह्वान गर्छौं ।'

उनले बारको शान्तिपूर्ण विरोधमाथि भएको प्रहरी दमनको विरुद्ध आइतबार देशभरका अदालतमा आफूहरुले बहस पैरवी नगर्ने सर्कुलर पठाएको बताए । उनले भने, 'हामीसँग केबल कलम र कालो कोट छ तर, चोलेन्द्र शमशेरको निर्देशनमा गृह प्रशासनले प्रहरी पठाएर दमन गरेको छ ।'


यस्तै, नेपाल बारले आइतबार पनि प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालतमा धर्ना र प्रदर्शन गरेको छ । बारको अगुवाइमा कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराबाट निष्पक्ष न्याय सम्पादन हुन नसक्ने, भ्रष्ट्राचार भएको जनाउँदै उनको राजीनामा माग गर्दै आएका छन् ।


प्रकाशित : मंसिर ५, २०७८ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्

म्यानचेस्टरले गर्‍यो प्रशिक्षक सोल्सरलाई बर्खास्त

एजेन्सी

लन्डन — इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले आइतबार व्यवस्थापक ओला गुनर सोल्सरलाई बर्खास्त गरेको छ । बेलायती पत्रिका 'द गार्डियन'का अनुसार क्लबको शनिबार बसेको आकस्मिक बोर्ड बैठकले यो निर्णय गरेको हो ।

शनिबार मात्रै म्यानचेस्टरले वाटफोर्डसँग लज्जास्पद ४–१ को हार बेहोरेपछि बोर्डले प्रशिक्षकलाई हटाउने निर्णयमा पुगेको हो । सन् २०१८ देखि सोल्सारले म्यानचेस्टर प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

सोल्सारको आगमनयताम्यानचेस्टरको प्रदर्शनमा केही सुधार आए पनि क्लबले कुनै उपाधि जित्न सकेको छैन् । वाटफोर्डविरुद्धको खेल गुमाएपछि सोल्सारले समर्थकसँग माफि माग्दै आफू क्लबबाट बिदा हुन लागेको संकेत गरेका थिए ।


प्रकाशित : मंसिर ५, २०७८ १०:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×