२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

आन्दोलनरत कानुन व्यवसायीमाथि बल प्रयोग नगर : मानवअधिकार आयोग

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीहरुमाथि अनावश्यक बल प्रयोग नगर्न आग्रह गरेको छ ।

आन्दोलनरत कानुन व्यवसायीमाथि बल प्रयोग नगर : मानवअधिकार आयोग

आयोगले शान्तिपूर्ण आन्दोलनमा रहेका कानुन व्यवसायीहरूमाथि अनावश्यक बल प्रयोग नगर्न, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै बिहीबार अदालत परिसरमा भएको घटना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन विपरीतको कार्य भएको भन्दै छानबिन गरी दोषी देखिएकालाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

आयोगले संयुक्त राष्ट्रसंघको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा २०, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ को धारा २१ र नेपालको संविधानको धारा १७ ले बिनाहातहतियार शान्तिपूर्वक भेला हुने तथा स्वतन्त्र रुपमा विचार तथा अभिव्यक्ति राख्न पाउने हकको सुनिश्चितता गरेको भन्दै त्यसको ख्याल पुर्‍याउन आग्रह गरेको छ ।

आन्दोलनका क्रममा प्रहरीको लाठी प्रहारबाट बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित अधिवक्ताहरु प्रकाश महर्जन, गोपाल सापकोटा, रमण कर्ण र कपिलचन्द्र पोखरेललगायत घाइते भएका थिए । आयोगले बारको नेतृत्वमा भइरहेको आन्दोलनको आयोगले मानव अधिकारको दृष्टिकोणबाट निरन्तर अनुगमन गरिरहेको उल्लेख गरेको छ ।

प्रकाशित : मंसिर २, २०७८ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?