कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

कम्युनिष्ट आदर्श र सिद्धान्तप्रति समर्पित हुनेहरु हामी हौं, एमाले हैन : माधव नेपाल

'जनता माझ ठूलो अभियान लिएर आउँदैछौं, स्टिकर वितरण गर्नेछौं'
मोहन बुडाऐर

धनगढी — एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा गैरकम्युनिष्ट आदर्श र चरित्र भएकाहरु मात्रै रहेको बताएका छन् । उनले कम्युनिष्ट आदर्श र सिद्धान्तप्रति समर्पित हुनेहरु एकीकृत समाजवादी पार्टीमा आइसकेको बताए । 

कम्युनिष्ट आदर्श र सिद्धान्तप्रति समर्पित हुनेहरु हामी हौं, एमाले हैन : माधव नेपाल

सो पार्टीको सुदूरपश्चिम र कैलाली पार्टी कार्यालय भवन उद्घाटन गर्दै अध्यक्ष नेपालले आफूहरु कम्युनिष्ट आदर्श र सिद्धान्तप्रति समर्पित भएको बताए ।

उनले कार्यकर्ताहरुलाई पार्टी जनताको माझमा एउटा ठूलो अभियान लिएर आउन लागेको जानकारी दिए । ‘यो अभियानमा हामी स्टिकर वितरण गर्ने छौं, ’ उनले भने, ‘त्यो स्टिकरमा विभिन्न खालका नाराहरु लेखिएका हुनेछन् ।’ उनले प्रत्येक घर घरमा स्टिकर लिएर पुग्ने टोलीको कामको मूल्यांकन पार्टीले राख्ने बताए ।

अध्यक्ष नेपालले सर्वोच्च अदालतका विषयमा पाँच दलीय गठबन्धनले छलफल गरेर समस्याको समाधान खोजिनुपर्ने बताए । अदालतको समस्याको समाधान छिटोभन्दा छिटो खोजिनु पर्ने उनले बताए । ‘अदालतका विषयमा गठबन्धनभित्र साझा धारणा बनाउने निर्णय भएको छ, ’ उनले भने, ‘अब चाँडै समस्याको समाधान खोजिने छ ।’

प्रकाशित : मंसिर २, २०७८ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?