कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

पहिलो इ-पासपोर्ट जोशीलाई

काठमाडौँ — सरकारले बुधबारबाट इ–पासपोर्ट (विद्युतीय राहदानी) जारी गरेको छ । शताब्दी पुरुष सत्यमोहन जोशीले पहिलो इ–पासपोर्ट पाएका छन् । जोशीलाई एक समारोहबीच परराष्ट्रमन्त्री नारायण खड्काले इ-पासपोर्ट वितरण गरेका हुन् ।   

पहिलो इ-पासपोर्ट जोशीलाई

बुधबारबाट जारी भएको इ-पासपोर्ट सर्वसाधारणका लागि भने मंसिर १५ गतेबाट पूर्णरुपमा वितरण थालिने राहदानी विभागले जनाएको छ ।

नेपालमा सन् २०१० को डिसेम्बर २६ देखि हस्तलिखित पासपोर्टलाई हटाएर मेसिन रिडएबल पासपोर्ट (एमआरपी) लागू गरेको थियो । विश्वका विकसित मुलुकहरुले लागू गरिसकेको इ–पासपोर्ट प्रयोग गर्न थालेपछि नेपालले पनि नयाँ पासपोर्ट लागू गरेको हो ।


विद्युतीय पासपोर्टमा बायोमेट्रिक सूचनाहरु ‘चिप’मा हुन्छ । यसमा हातका औंला, आँखा र अनुहारलाई कैद गर्छ । कुनै पनि व्यक्तिको पासपोर्ट हेर्ने बित्तिकै उसको बारेमा सम्पूर्ण जानकारी प्राप्त हुन्छ । व्यक्तिगत, कूटनीतिक अधिकारी, आधिकारिक, शान्ति मिसनमा जाने सुरक्षाकर्मी, ट्राभल डकुमेन्ट, अस्थायी पासपोर्ट र रेकर्ड बुक गरी सात प्रकारका विद्युतीय पासपोर्ट आउन लागेको राहदानी विभागले जनाएको छ ।

सरकारले तीन पटक टेन्डर आह्वानपछि दुई वर्ष अघि फ्रेन्च कम्पनी आईडिमियासँग नयाँ एनआरपी छाप्न सम्झौता भएको थियो । सम्झौता अनुसार नेपालले ५० लाख इ–पासपोर्ट प्राप्त गर्छ । नेपालले एमआरपी लागू गरेको बेलामा कूटनीतिक, पदाधिकारी, साधारण र ट्राभलतर्फ गरी जम्मा ७० लाख एमआरपी छापेको थियो ।


प्रकाशित : मंसिर १, २०७८ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?