१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बुधबार पनि कानुन व्यवसायीहरूको धर्ना

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै बुधबार पनि कानुन व्यवसायीहरुले धर्ना दिएका छन् । नेपाल बार एसोसिएसनको अगुवाइमा वकिलहरुले प्रधानन्यायाधीश जबराले न्यायालयको गरिमा कायम राख्न नसकेको, भ्रष्टाचार गरेकोभन्दै कात्तिक पहिलो सातादेखि राजीनामा माग गर्दै आन्दोलनरत छन् । 

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बुधबार पनि कानुन व्यवसायीहरूको धर्ना


प्रधान्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीशरुले पनि इजलास बाहिष्कार गर्दै आएका छन् । मंगलबार सर्वोच्चका ४ जना न्यायाधीशरुले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छन् ।

प्रधानन्यायाधीश जबराले आफूले राजीनामा नदिने बताउँदै आन्दोलनरत पक्षलाई संवादमा आउन आह्वान गरेका छन् भने नेपाल बारले प्रधानन्यायाधीशसँग कुनै वार्ता नगर्ने भन्दै राजीनामा माग गर्दै आएको छ ।

प्रकाशित : मंसिर १, २०७८ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?