कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१
कांग्रेस बैठक

देउवा-सिंह भनाभन

प्रकाश धौलाकोटी

काठमाडौँ — कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहबीच भनाभन परेको छ । बैठकमा नेता सिंहले बोलिरहेका बेला देउवाले बीच-बीचमै जवाफ फर्काएका थिए । बैठकमै देउवा–सिंहबीच सवाल चलेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

देउवा-सिंह भनाभन

ती केन्द्रीय सदस्यका अनुसार बैठकमा बोल्दै नेता सिंहले सत्ता गठबन्धन सरकार चलाउनका लागिमात्रै हो कि चुनावसम्मै हो ? चुनावमा तालमेल हुन्छ भन्ने आएको छ भन्दै प्रश्न गरेका थिए । सिंह बोल्दा–बोल्दै देउवाले जवाफ फर्काएका थिए, ‘यहाँ सुन्नुस्, सरकार गठबन्धनले नै चलाउने हो । तर, चुनाव मिलेर लड्ने कि नलड्ने भन्ने कुरै भएको छैन । केही निर्णय नै भएको छैन । यसै कराउनुहुन्छ ।’

नेता सिंहले गठबन्धन सरकारका गतिविधिको लेखाजोखा चुनावमा हुने बताएका थिए । उनले उच्चस्तरीय संयन्त्र किन बनाएको भन्दै प्रश्न गरे । ‘तपाईँले गठबन्धनको नेतृत्व गर्नुभएकै छ । अर्को संयन्त्र किन चाहिएको हो ? कम्युनिस्टको दबाबमा परेर संयन्त्र बनाएको भन्ने छ ?’ सिंहले प्रश्न गरेका थिए । देउवाले सिंहको प्रश्नमा तुरुन्तै जवाफ फर्काए । ‘स्पष्टीकरण चाहनुभएको हो ? हो भने सुन्नुस् । यो समन्वय गर्नलाई बनाइएको हो । लामो समयका लागि होइन, राष्ट्रिय सभा निर्वाचनसम्मका लागिमात्रै हो ।’

नेता सिंह त्यत्तिमा पनि रोकिएनन् । उनले क्रियाशील सदस्यतामा भएको मनपरीबारे प्रश्न उठाए । ‘क्रियाशीलमा मनपरी भएको छ । सभापतिले समाधान गर्छु भन्नुहुन्छ, तर समाधान भएको छैन,’ सिंहले भने । ‘भइरहेको छ त,’ तुरुन्तै देउवाले बोलेका थिए ।

नेता सिंहले महाधिवेशनका बेला कार्यकर्ताले न्याय खोज्दा पनि नेतृत्वले नसुन्नु दुःखद् हुने बताए ।

सम्बन्धित समाचार

प्रकाशित : कार्तिक २८, २०७८ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?