कांग्रेस केन्द्रीय महाधिवेशन र प्रदेश अधिवेशन तयारीका लागि समिति गठन

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसले केन्द्रीय महाधिवेशन र सातै प्रदेश अधिवेशन तयारीका लागि समितिहरू गठन गरेको छ । केन्द्रीय कार्यसमितिको आइतबारको बैठकले  सभापति शेरबहादुर देउवा संयोजकत्वमा मूल आयोजक समिति, ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा अर्थ समिति गठन गरेको छ ।

कांग्रेस केन्द्रीय महाधिवेशन र प्रदेश अधिवेशन तयारीका लागि समिति गठन

त्यस्तै प्रचार प्रसार समिति विश्वप्रकाश शर्मा,पाहुना सत्कार समितिमा प्रकाशशरण महत, सांस्कृतिक समितिमा सीता गुरुङ, मञ्च व्यवस्थपान समितिमा काठमाडौं भक्तपुर र ललिपुर जिल्ला सभापतिलाई संयोजक बनाइएको छ । आवास तथा भोजन समितिको संयोजक सुरेन्द्र पाण्डे र स्वास्थ्य समितिको संयोजक मोहनबहादुर बस्नेतलाई तोकिएको छ । त्यस्तै, भूतपुर्व सैनिक संघका नेता धनबहादुर मास्केको संयोजकत्वमा स्यंमसेवक परिचालन समिति गठन गरेको छ

सातै प्रदेशमा अधिवेशन आयोजनाका लागि पनि तयारी समिति बनाइएको छ । प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, वाग्मतीमा प्रकाशमान सिंहलाई संयोजक बनाइएको छ । र केन्द्रीय सदस्य सीता गुरुङको संयोजकत्वमा सांस्कृतिक समिति गठन गरेको छ । गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदुरपश्चिममा दिलेन्द्रप्रसाद बडू तयारी समिति संयोजक तोकिएका छन् ।


प्रकाशित : कार्तिक २८, २०७८ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?