कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
विवादमा प्रधानन्यायाधीश

सर्वोच्चको प्रांगणमा भइरहेको बारको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

प्रधानन्यायाधीशले न्यायालय प्रवेश गर्ने अधिकार गुमाइसके : बार अध्यक्ष श्रेष्ठ
माइक र स्पिकर कब्जामा लिने प्रयास विफल भएसँगै प्रहरी पछाडि हट्यो
कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालत परिसरमा वकिलहरुले धर्ना दिइरहेका बेला प्रहरीले हस्तक्षेप गरेको छ । नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बोलिरहेको समयमा प्रहरीले माइक  र स्पिकर खोसेर शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गरेको हो । 

सर्वोच्चको प्रांगणमा भइरहेको बारको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

अध्यक्ष श्रेष्ठले न्याय किनबेचको वस्तु नभएको तर प्रधानन्यायाधीश चोलेन्द्र राणाले न्यायलयलाई कमाइ हुने स्थान बनाएको आरोप लगाएका थिए । प्रधानन्यायाधीशले न्यायालय प्रवेश गर्ने अधिकार गुमाइसकेको समेत उनको जिकिर थियो । उनले प्रधानन्यायाधीशको मात्रै होइन न्यायलयमा विचौलियाको काम गर्ने सबैको सम्पत्तिको छानबिन हुनुपर्ने माग गरेका थिए ।

चोलेन्द्रले संसदमा गरेको वाचा बिर्सिएर न्यायपालिकालाई विचौचियाको अखडा बनाएको आरोप लगाएसँगै प्रहरीले माइक तथा स्पिकर कब्जामा लिने प्रयास गरेको थियो ।

प्रदर्शनमा सहभागी वकिलहरुले प्रतिकार गरेपछि प्रहरी पछाडि हटेको छ । अहिले बारमा पदाधिकारीहरुले सम्बोधन गरिरहेका छन् ।

प्रकाशित : कार्तिक २८, २०७८ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?