१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नास्टले ल्यायो 'घुम्ती सूचना पहुँच केन्द्र'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले घुम्ती सूचना पहुँच केन्द्र सञ्चालनमा ल्याएको छ ।

नास्टले ल्यायो 'घुम्ती सूचना पहुँच केन्द्र'

दक्षिण कोरियाली सरकारको औपचारिक विकास सहयोग नास्टले खुमलटारस्थित आफ्नो भवनमा सूचना पहुँच केन्द्र स्थापना गरेको छ । त्यसका साथै घुम्ती सूचना पहुँच केन्द्रसमेत सञ्चालनमा ल्याइएको प्रवक्ता डा. सुरेशकुमार ढुंगेलले जानकारी दिए ।

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री माननीय बोधमायाकुमारी यादवले बिहीबार सो पहुँच केन्द्रको उद्घाटन र हस्तान्तरण गरेकी हुन् । नास्टको प्रविधि भवनमा सूचना पहुँच केन्द्र स्थापना गरिएको छ । त्यस्तै, एक बसमा आधुनिक सुविधा सहितको घुम्ती सूचना प्रविधि केन्द्र तयार गरिएको छ ।

सो सूचना पहुँच केन्द्रमार्फत् अब देशका विभिन्न ठाँउमा रहेका जनतामा सूचना प्रविधि सम्बन्धी चेतना बढाउने कार्य गरिने नास्टका प्रवक्ता ढुंगेलले जानकारी दिए ।

प्रकाशित : कार्तिक २५, २०७८ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?