२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

उपराष्ट्रपतिको पारिवारिक तथा व्यक्तिगत विवरण संकलन

रासस

काठमाडौँ — बाह्रौं राष्ट्रिय जनगणना प्रारम्भ भएसँगै बिहीबार उपराष्ट्रपति नन्दबहादुर पुनको पारिवारिक तथा व्यक्तिगत विवरण संकलन गरिएको छ ।

उपराष्ट्रपतिको पारिवारिक तथा व्यक्तिगत विवरण संकलन

राष्ट्रिय योजना आयोग र केन्द्रीय तथ्यांक विभागका पदाधिकारीले बिहीबार लैनचौरस्थित ‘हरितगृह’ पुगेर उपराष्ट्रपतिको विवरण संकलन गरेका हुन् । विवरण संकलनका लागि आयोगका सदस्य रामकुमार फुयाँल, आयोगका सचिव केवलप्रसाद भण्डारी, विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ, निर्देशकहरु हेमराज रेग्मी, डिल्लीराज जोशी र ढुण्डीराज लामिछाने उपराष्ट्रपति निवास पुगेका थिए ।

विभागका महानिर्देशक श्रेष्ठले गणकका रुपमा उपराष्ट्रपतिको पारिवारिक तथा व्यक्तिगत विवरण संकलन गरेका थिए । गणकले सोधेअनुसार आफ्नो पारिवारिक तथा व्यक्तिगत विवरण उपलब्ध गराएपछि उपराष्ट्रपतिले राष्ट्रिय जनगणना, २०७८ को सफलताको शुभकामना गरेका थिए । उनले निर्धारित समयभित्र देशको वास्तविक चित्र आउने गरी राष्ट्रिय जनगणना सम्पन्न हुने विश्वास व्यक्त गरे ।

आयोगका सदस्य फुयाँलले जनगणनामा सहभागिता जनाएर विवरण उपलब्ध गराइदिएकामा उपराष्ट्रपतिमा आभार प्रकट गरेका थिए । उनले आम जनतामा राष्ट्रिय जनगणनाको सकारात्मक सन्देश प्रवाह गर्न राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट जनगणना सुरु गरिएको बताएका थिए । सो अवसरमा आयोगका सचिव भण्डारीले जनगणनाको महत्वबारे प्रकाश पारेका थिए ।

महानिर्देशकसहितको टोलीले गणककारुपमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तथ्यांक संकलन गरेको विभागले जनाएको छ । ‘मेरो गणना, मेरो सहभागिता’ नाराका साथ बिहीबारदेखि राष्ट्रिय जनगणना, २०७८ प्रारम्भ भएको छ । जनगणना आगामी मंसिर ९ गतेसम्म गरिनेछ ।

प्रकाशित : कार्तिक २५, २०७८ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?