कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उच्चस्तरीय राजनीतिक समिति अवैधानिक : नेम्वाङ 

लक्ष्मी गौतम

पाँचथर — एमाले नेता सुवास नेम्वाङले सत्तारुढ गठबन्धनले गठन गरेको उच्चस्तरीय राजनीतिक समिति अवैधानिक रहेको टिप्पणी गरेका छन् ।

उच्चस्तरीय राजनीतिक समिति अवैधानिक : नेम्वाङ 

एमाले फिदिम नगर कमिटीको अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेम्वाङले संविधान र संसद् रहेसम्म यस्ता समिति आवश्यक नपर्ने बताए । सत्तारुढ गठबन्धन र पार्टीभित्रको खटपटी व्यवस्थापन गर्न मात्रै यस्तो संयन्त्र बनाइएको उनको भनाइ थियो । ‘संघीय लोकतान्त्रिक गणतन्त्रमा नेपालको संविधान २०७२ सर्वोच्च हो, त्यसपछि संसद्, कार्यकारी प्रधानमन्त्री र सरकारले विधि सम्मत निर्णय गरेर अगाडी बढाइएका कामलाई गति दिन तिनका अंगहरुले सहयोग गर्नुपर्छ, यस्तो अवस्थामा किन चाहियो उच्च स्तरीय संयन्त्र ?,’ उनको प्रश्न थियो ।

सत्तारुढ गठबन्धनलाई ‘दूषित गठबन्धन’ को संज्ञा दिँदै नेम्वाङले ८८ दिनसम्म सरकार विस्तार गर्न नसकेको देउवा सरकारले बजेट होलिडे भन्दै विश्व सामु नेपाललाई लज्जास्पद तुल्याएको टिप्पणी पनि गरे । वर्तमान सरकारले देश र जनताका पक्षमा सिन्को भाँच्न नसक्ने दाबी गर्दै आगामी चुनावमा उसका कमजोर कामहरुलाई नै एजेण्डा बनाएर जनता माझ जाने उनको भनाइ थियो ।

सोही कार्यक्रममा बोल्दै नेता नेम्वाङले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी विधिवत रुपमा जन्मिन बाँकी रहेको दाबी पनि गरे ।

एमालेले कारबाही गरेका सांसदहरुका विषयमा आफूहरुले अदालतमा दर्ता गराएको मुद्दा फैसला हुन बाँकी रहनुका साथै पहिले पार्टी फुटाउन हस्ताक्षर गरेका सांसद र केन्द्रीय सदस्य अहिले सबै त्यो पार्टीमा नरहेकाले पनि अवैधानिक हो भन्ने आधार पर्याप्त रहेको उनको दाबी थियो ।

प्रकाशित : कार्तिक २४, २०७८ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?