कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सरकारमा हुँदा पनि अदालत हाम्रै विरुद्ध प्रयोग भयो : ओली

'प्रचण्ड-बाबुराम बाँचे, बाबुरामले छोराछोरी बेलायत पढाए'
कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अदालत आफूविरुद्ध प्रयोग भएको बताएका छन् । उनले सेना र प्रहरी प्रयोग गर्न नसकिएपछि अदालत प्रयोग भएको आरोप लगाए ।

सरकारमा हुँदा पनि अदालत हाम्रै विरुद्ध प्रयोग भयो : ओली

काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा उनले भने, 'हामी सरकारमा हुँदा पनि अदालत हाम्रै विरुद्ध प्रयोग भयो । सेना पुलिस प्रयोग हुन पाएन । अदालत प्रयोग गर्दै पुग्ने भएकाले प्रधानमन्त्री छुट्टी र अर्को प्रधानमन्त्री चयन गरियो ।'

ओलीले त्यसरी राज्यसत्ताको गलत प्रयोग भएको भनाइ राखेका थिए । उनले धर्म, संस्कृति, कानुन र नियम बनाएर त्यसरी प्रयोग गरिएको भनाइ राखे ।

सत्तारुढ गठबन्धनलाई लोकतन्त्रविरोधी भएको भन्दै ओलीले आक्रोश पोखेका छन् । उनले भने, 'पाँच दलीय गठबन्धन लोकतन्त्रका भक्षक हुन्, लोकतन्त्र भक्षी हुन् । यिनीहरूलाई सत्ता चाहिएको छ देश होइन ।'

'प्रचण्ड-बाबुराम बाँचे, बाबुरामले छोराछोरी बेलायत पढाए'

ओलीले माओवादी सशस्त्र विद्रोहका क्रममा १७ हजारको मृत्यु हुँदासम्म पनि त्यसका नेता पुष्पकमल दाहाल बाँचेको बताए । उनले भने, 'प्रचण्ड बाँचे, १७ हजार मरे । बाबुराम बाँचे, बाबुरामका छोराछोरी त बेलायत पढ्थे ।'

बाबुराम भट्टराई भूमिगत हुँदा पनि उनका छोराछोरी बेलायत कसरी पढेका थिए ? भनेर ओलीले प्रश्न गरेका छन् ।

'हामी बेलायत जान भिसा पाउँदैनथ्यौं । बाबुरामका छोराछोरीले भिसा पाउँथे । के जादु होला त्यसमा ? एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाउँ त चाहिन्छ, नागरिकता चाहिन्छ, नागरिकता पाउन, पासपोर्ट पाउन । कुन पासपोर्टबाट जानुभएको ? कहाँ भिसा लाग्यो ? बाबुरामजी बताउनुस् त ?,' ओलीले थप प्रश्न गरे, 'बेलायतमा २, ४, ५ लाख खर्च हुन्छ महिनाको । कहाँ कमाउनुभएको थियो भूमिगत हिँड्दाखेरि ?'

माओवादी नेताहरू भूमिगत हुँदा युरोप घुमेको ओलीको दाबी थियो । उनले आफूहरूको प्रहरी रेकर्ड खराब भएको भनेर पासपोर्ट नपाएको बेला विद्रोही नेता भने युरोप घुमेको बताए । 'पुलिसको रिपोर्टले दिँदैनन्थ्यो । मैले २०४८ सालमा सांसद भएपछि पासपोर्ट बनाएको । हाम्रो पुलिस रेकर्ड खराब, प्रचण्ड-बाबुरामको पुलिस रेकर्ड खराब थिएन ?'

प्रकाशित : कार्तिक २१, २०७८ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?