कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

नेपालकी संज्ञा मल्ल राष्ट्रसंघको 'वर्ष महिला प्रहरी'

कान्तिपुर संवाददाता

काठमाडौँ — संयुक्त राष्ट्रसंघले नेपालकी संज्ञा मल्ललाई 'वर्ष महिला प्रहरी –२०२१' अवार्ड प्रदान गर्ने भएको छ । मल्ल अफ्रिकी राष्ट्र कंगोमा संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत छिन् । मल्ल राजधानी किन्सासामा रहेको मिसनको मुख्यालयमा जनस्वास्थ्य तथा वातावरण इकाई प्रमुख हुन् ।

नेपालकी संज्ञा मल्ल राष्ट्रसंघको 'वर्ष महिला प्रहरी'

राष्ट्रसंघले जारी गरेको विज्ञप्तिमा इबोला र कोभिड–१९ को महामारी तथा गत मे महिनामा भएको ज्वालामुखी विस्फोटसहितको प्राकृतिक प्रकोपमा मल्लले खेलेको भूमिकालाई सो अवार्ड प्रदान गरिएको उल्लेख छ ।

मल्लले नेतृत्व गर्ने ईकाईले राष्ट्रसंघमा कार्यरत कर्मचारी र स्थानीय बासिन्दालाई स्वास्थ्य सम्बन्धी सावधानीको मापदण्ड सचेत गराउँदै आएको छ ।

तस्बिरहरू : यूएन न्युज

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार भर्चुअल माध्यमबाट आयोजना हुने कार्यक्रममा मल्ललाई सो अवार्ड प्रदान गर्ने कार्यक्रम छ । महासचिव गुटेरेसले शान्ति मिसनमा कार्यरत रहेको मल्लको कार्यले कोभिड–१९ महामारी र अन्य जोखिममा राष्ट्रसंघीय सुरक्षाकर्मीलाई अनुकूलन हुने सुरक्षात्मक उपायलाई वृद्धि गरेको जनाएका छन् ।

उनले कोभिड–१९ संक्रमण रोकथाम तथा अनुकूलनको गाईडलाइन निर्माण गरेकी थिइन् । उनको नेतृत्वमा कोभिड–१९ को माहामारी रोकथामका लागि स्थानीय बासिन्दा, कंगोका सरकारी अधिकारी तथा राष्ट्र संघमा कार्यरतहरुका लागि ३ सयभन्दा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । त्यसैगरी, खोपको विषयमा सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो ।

प्रकाशित : कार्तिक २१, २०७८ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?