आरोहणमा रहेका ३ फ्रान्सेली पर्यटक सम्पर्कविहीन

भानुभक्त निरौला

सोलुखुम्बु — सोलुखुम्बुको खुम्बु क्षेत्रमा रहेको खाङतेगा पिक आरोहणको क्रममा तीनजना फ्रान्सेली नागरिक हिमपहिरोमा परी बेपत्ता भएका छन् । होलिडे हिमालय ट्रेक एक्सपिडिसन मार्फत् खुम्बु आएका ८ फ्रान्सेलीमध्ये तीनजना भने हिम पहिरोमा बेपत्ता भएका हुन् ।

थोमस जर्जस्, गाड्रियल पल र लुइस पाछोड नाम गरेका पर्यटकहरू कात्तिक ९ गतेदेखि सम्पर्कविहीन भएका हुन् । चोलप्सा हिमाल र खाङतेगा आरोहणको अनुमति लिएर आएका उनीहरू खाङतेगातर्फ जाने क्रममा मिङबोला हिमाल पार गरेपछि माथिबाट आएको हिमपहिरोमा परी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपी कवित कटवालले बताए ।

उनीहरूसँगै गएका ५ जना भने सम्पर्कमै छन् । हराएकाहरूको खोजीका लागि कैलाश एयरको हेलिकप्टर आइतबार दिनभर परिचालन भए पनि उनीहरूको अवस्थाबारे केही जानकारी आउन नसकेको हेलिकप्टर कम्पनीका कर्मचारी प्रल्हाद चापागाईँले बताए । टेलिफोन नेटवर्क नहुने उक्त स्थान खुम्जुङको प्रहरी चौकीबाट ३ दिनको पैदलमा पर्छ । प्रहरीका अनुसार उनीहरूसँग गत ९ गते मिङबोला हिमालमा अन्तिम सम्पर्क भएको थियो ।

प्रकाशित : कार्तिक १५, २०७८ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?