२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

महाकाली नदीमा डुंगा पल्टिँदा २ जना बेपत्ता

तृप्ति शाही

बैतडी — बैतडीको शिवनाथ गाउँपालिका-१ कुस्मौत घाट महाकाली नदीमा डुंगा पल्टिँदा २ जना यात्रु बेपत्ता भएका छन् । शिवनाथ-१ स्थित एकै परिवारका दुईजना बेपत्ता भएको स्थानीय दीपेन्द्र चन्दले बताए ।



गाउँपालिका अध्यक्ष कर्णसिंह साउदका अनुसार बेपत्ता हुनेमध्ये एकजनाको बुधबार साँझ शव भेटिएको छ । डुंगाका चालक र अन्य ३ जना यात्रु सुरक्षित रहेको प्रहरीले जनाएको छ । शव भेटिएकी बालिका अन्दाजी १३ वर्षको भएको गाउँपालिकाका अध्यक्ष साउदले बताए । बेपत्ता भएका उनका भाइ अन्दाजी ६ वर्षका थिए। आमाबुवा र एक बच्चाको सकुशल उद्वार भएको हो । शिवनाथ गाउँपालिका -१ कै स्थानीय उनीहरु रोजगारीको शिलशिलामा भारत जाँदै थिए ।

बुधबार साँझ ६ बजेतिर नेपालबाट-भारततर्फ जाँदै गर्दा डुंगा पल्टिएको प्रहरीले जानकारी दिएको छ । डुंगामा ५ जना यात्रु र ५ चालक रहेको बुझिएको जिल्ला प्रहरी प्रवक्ता दर्शन खड्काले बताए ।

घटनापछि बेपत्ता यात्रुहरूको खोजीका लागि त्यसतर्फ प्रहरी टोली गएको बताइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको खड्काले बताए ।

प्रकाशित : कार्तिक १०, २०७८ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?