कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

५८२ कोरोना संक्रमित थपिए, ४९५ जना निको

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा ५८२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ७ हजार १६७ पीसीआर परीक्षणमा ५८२ जनामा कोभिड-१९ पोजिटिभ देखिएको हो ।

५८२ कोरोना संक्रमित थपिए, ४९५ जना निको

यस्तै, २ हजार ३२८ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जनामा पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८ लाख १० हजार ८८० पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ४९५ जना निको भएका छन् । नेपालमा कोरोनाबाट निको हुनेको संख्या ७ लाख ८९ हजार १२५ पुगेको छ ।

२४ घण्टामा कोरोनाबाट ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३८० छ ।

मन्त्रालयको तथ्यांक अनुसार देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३७५ छ । यस्तै, २१६ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा खोप लगाउनेको संख्या ७७ हजार २०७ रहेको छ ।



प्रकाशित : कार्तिक १०, २०७८ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?