१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पूर्वन्यायाधीशको निधनमा शोक प्रस्ताव पारित

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनमा सर्वोच्च अदालतले शोक प्रस्ताव पारित गरेको छ । बुधबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले परिवारजनमा समवेदना प्रकट गर्दै एक मिनेट मौन धारणसमेत गरेको थियो ।

पूर्वन्यायाधीशको निधनमा शोक प्रस्ताव पारित


बैठकपछि विज्ञप्ति जारी गर्दै अदालतले यसबारे जानकारी दिएको हो । "स्वर्गीय पण्डितको निधनबाट न्याय र कानुको क्षेत्रमा अपूरणीय क्षति पुग्न गएको छ । यस दुखद् घडीमा सर्वोच्च अदालतको आजको आकस्मिक पूर्ण बैठकले एक मिनेट मौन धारण गरी शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गरिएको छ," विज्ञप्तिमा भनिएको छ ।

पूर्वन्यायाधीश पण्डितको गत कात्तिक १० गते बुधबार निधन भएको थियो । सर्वोच्च अदालतको सेवामा रहँदा पण्डितले स्वतन्त्र न्यायापालिकाको मूल्य मान्यता स्थापित गर्न योगदान दिएको भन्दै विज्ञप्ति मार्फत् स्मरण गरिएको छ । २०२७ सालमा शाखा अधिकृतको रुपमा न्याय सेवामा प्रवेश गरेका पण्डित २०६४ मंसिरमा सेवानिवृत्त भएका थिए ।

प्रकाशित : कार्तिक १०, २०७८ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?