होटलबाटै भागे एक अफगान नागरिक

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतबाट बेलहिया नाका हुँदै नेपाल प्रवेश गरी काठमाडौं आइपुगेका एक अफगान नागरिक प्रहरीले अनुसन्धान थालेपछि ‘सेल्टर’ लिएको होटलबाटै भागेका छन् ।

असोज दोस्रो साता दिल्लीबाट बसमा सुनौली आएका अजमल अचेकजाई भारतको पञ्जाबको नागरिक भएको नक्कली परिचयपत्र बनाएर बेलहिया नाका हुँदै काठमाडौं आएका थिए ।

यूएनएचसीआरको शरणपछि उनीसहित ७ जना सिनामंगलको एक होटलमा मासिक २५ हजार रुपैयाँ भाडा तिर्ने गरी बसेका थिए ।

होटललाई अग्रिम भाडाबापत १० हजार दिइसकेका थिए । होटलमा टिपाएको विवरणमा अजमलले आफूहरू भ्रमणका क्रममा आएको उल्लेख गरेका छन् । उनले नेपालमा रहँदा प्रयोग गर्न लिएको मोबाइल नम्बर स्विच अफ छ । दिल्लीबाट समूहगत रूपमा नेपाल ल्याउने मुख्य व्यक्ति नै उनी रहेको हुन सक्ने स्रोतले जनाएको छ ।

प्रकाशित : कार्तिक १०, २०७८ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?