कांग्रेस महामन्त्री कोइराला दिल्लीमा

कान्तिपुर संवाददाता

नयाँदिल्ली — कांग्रेस महामन्त्री शशांक कोइराला निजी भ्रमणमा दिल्ली आइपुगेका छन् । मुम्बई हुँदै उनी दिल्ली आएका हुन् ।

कांग्रेस महामन्त्री कोइराला दिल्लीमा

कोइराला पार्टीका केही नेताका साथ शनिबार मुम्बई पुगेका थिए । त्यहाँ उनले क्यान्सरको उपचार गराइरहेका कांग्रेस सांसद कर्मा घलेको स्वास्थ्य अवस्था बुझेका थिए । त्यहाँबाट दिल्ली आइपुगेका उनले मंगलबार नेता प्रदीप गिरिलाई भेटेका छन् । कांग्रेस नेता गिरि तीन महिनादेखि दिल्लीमा स्वास्थ्य उपचार गराइरहेका छन् ।

कोइरालाले भारतमा उपचाररत दुई नेताको स्वास्थ्य जानकारी लिन र उनीहरूलाई भेट्न मात्रै यता आएको कान्तिपुरलाई बताए । उनले मंगलबार भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भने भेटेका छन् ।

कोइरालाका साथमा कांग्रेस नेता दीपक गिरी, दीपक खड्का, लमजुङ मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डे, निजी सचिव भरत तिवारी छन् ।

प्रकाशित : कार्तिक १०, २०७८ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?