१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशैभर आन्दोलन गर्ने नेपाल बारको निर्णय

बेन्च बहिष्कारको घोषणा
जयसिंह महरा

काठमाडौँ — नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिए देशैभर आन्दोलन गर्न चेतावनी दिएको छ । नेपाल बारको सल्लाहकार समिति र कार्यसमितिको मंगलबार बसेको संयुक्त बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन आह्वान गर्दै उनले राजीनामा नदिएमा देशभरका बार इकाईमार्फत आन्दोलन घोषणा गर्न बाध्य हुने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशैभर आन्दोलन गर्ने नेपाल बारको निर्णय

'सम्माननीय प्रधानन्यायाधीशज्यू निरन्तर रुपमा एक पछि अर्को विवादमा तानिनु भएको र त्यस्तो विवादले समय न्यायपालिकाको प्रतिष्ठा र गरिमामा गम्भीर आँच आई स्वतन्त्र न्यायपालिकाप्रति नै गम्भीर प्रश्न उठेकोले अब उप्रान्त उहाँबाट संवैधानिक दायित्व पूरा हुन नसक्ने र यस विषम र विकराल परिस्थितिलाई समाधान गरी सबैको विश्वास जितेर समस्या समाधान गर्न असफल र असक्षम भई सक्नु भएकोले वर्तमान गतिरोधको अन्त्य गरी सहज निकास दिन सम्माननीय प्रधानन्यायाधीश श्री चोलेन्द्र शम्शेर जबराज्यूले अविलम्ब राजीनामा दिई मार्ग प्रशस्त गर्नु नै उपयुक्त हुन्छ,' नेपाल बारको ठहर छ ।

महासचिव लीलामणि पौड्यालले जारी गरेको विज्ञप्तिमा न्यायपालिकाको नेतृत्वमा रहेको व्यक्तिलाई भाग दिएको र न्यायाधीशहरूलाई मानपदवी दिएको भन्दै सरकारको पनि आलोचना गरिएको छ ।

त्यस्तै, नेपाल बारले संविधान संशोधनको विषय पनि उठाएको छ । संवैधानिक परिषद्मा प्रधानन्यायाधीशको सहभागिता, संसदीय सुनुवाइमार्फत न्यायाधीशको नियुक्ति लगायतका विषयमा संविधान संशोधन गर्नुपर्ने नेपाल बारको ठहर छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरूसँग मंगलबार भएको भेटघाटमा प्रधानन्यायाधीश जबराले राजीनामा दिन अस्वीकार गरेका थिए ।

बारले जारी गरेको विज्ञप्ति

प्रकाशित : कार्तिक ९, २०७८ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?