नेपाल-भारत सुरक्षासम्बन्धी बैठक बैंग्लोरमा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल-भारत सुरक्षासम्बन्धी बैठक बैंग्लोरमा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल–भारत सुरक्षासम्बन्धी द्विपक्षीय परामर्श समूहको १४ औं बैंठक बैंग्लोरमा हुने भएको छ । कोरोनाका कारण रोकिएको उक्त नियमित बैठक कात्तिक ११ र १२ गते हुन लागेको नेपाली सेनाले जनाएको छ ।

सुरक्षासम्बन्धी विषयमा नियमित छलफल गर्ने उद्देश्यका साथ नेपाल–भारत द्विपक्षीय परामर्श समूह सन् २००३ मा गठन गरिएको थियो । समूहको सन् २००३ देखि सन् २०१८ सम्म गरी १३ वटा बैठक सम्पन्न भइसकेको छ । परामर्श समूहको १४ औं बैठक २०७६ चैतमा भारतको नयाँदिल्लीमा आयोजना गर्ने योजना भए पनि कोरोना महामारीका कारण स्थगित भएको थियो ।

१४ औं बैठकमा नेपालबाट परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा रक्षा मन्त्रालयका प्रतिनिधि तथा नेपाली सेनाका सदस्यहरूले सहभागिता जनाउनेछन् । उक्त टोली बुधबार भारत प्रस्थान गर्नेछ । भारतका तर्फबाट पनि विदेश मन्त्रालयका सहसचिवको नेतृत्वमा टोलीले भाग लिनेछ । उक्त छलफलमा तालिम र क्षमता अभिवृद्धिसम्बन्धी सहयोगका विविध पक्षमा छलफल हुने कार्यसूची रहेको नेपाली सेनाले जनाएको छ ।


प्रकाशित : कार्तिक ९, २०७८ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्

एमाले पालिका अधिवेशन : सिन्धुलीको सुनकोसीमा गिरी र गोलन्जोरमा थापा चयन

राजकुमार कार्की

सिन्धुली — एमाले पालिका अधिवेशनअन्तर्गत सुनकोसी गाउँपालिका अध्यक्षमा अशोक गिरी सर्वसम्मत चयन भएका छन् । 

गोलन्जोर गाउँपालिकामा रेगनराज थापाको अध्यक्षतामा ६७ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको जिल्ला अध्यक्ष एवं वाग्मती प्रदेश स्वास्थ्यमन्त्री प्रदीप कटुवालले जानकारी दिए । दुइटा गाउँपालिकामा नतिजा आएको र बुधबारसम्ममा बाँकी ७ वटा पालिकामा पनि सर्वसम्मत नेतृत्व चयन गर्ने कसरत भइरहेको अध्यक्ष कटुवालले बताए ।

७९ वटा वडामा वडाअधिवेशन सम्पन्न गरी पालिकाहरुका लागि चुनिएर आएका करिब एक हजार दुई सय प्रतिनिधिले सर्वसम्मत नेतृत्व चयन गर्ने एमालेले जनाएको छ । कमलामाइ नगरपालिका, दुधौली नगरपालिका, फिक्कल, घ्याङलेख, मरिण, हरिहरपुगढी र तीनपाटन गाउँपालिकामा नेतृत्वमा पुग्नका लागि प्रतिनिधिहरुबीच रसाकस्सी भइरहेको छ ।

प्रकाशित : कार्तिक ९, २०७८ २०:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×