२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

कम्युनिष्ट आन्दोलनमा नयाँ विद्रोह : अध्यक्ष नेपाल

ओमप्रकाश ठाकुर

सर्लाही — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ विद्रोहको झिल्को बलेको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले विद्रोहको राँको बालेर संविधान रक्षा गर्दै जनताको चाहना पूरा गर्न अगाडि बढेको बताए ।

कम्युनिष्ट आन्दोलनमा नयाँ विद्रोह : अध्यक्ष नेपाल

सर्लाहीको हरिवनस्थित द्वन्द्वपीडित बालगृहमा मंगलबार आयोजित पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको हैकमवादी प्रवृतिका कारण नै आफूहरुले विद्रोहको राँको बाल्नु परेको बताए । उनले ओलीको हठकै कारण दुईतिहाईको सरकार ढाल्नु परेको र नयाँ पार्टीको नेतृत्व गर्नु परेको दाबी गरे ।

अध्यक्ष नेपालले कम्युनिष्टका पुराना पिंढीदेखि नयाँ युवाहरु आफ्नो साथमा रहेको दाबी गरे । उनले कम्युनिष्टको क्रान्तिकारी बिरासतलाई बोक्दै मुलुकको ७४ जिल्लामा पार्टीको कमिटी बनेको र ३ जिल्लामा कमिटी निर्माण भइरहेको बताए । सातै प्रदेशमा पार्टी संगठन बनेको जनाउँदै उनले प्रदेश–२ मा ओलीलाई उछिनिसकेको दाबी गरे ।

नेकपाको तर्फबाट दुई तिहाईको सरकारको नेतृत्व गर्दै प्रधानमन्त्रीको जिम्मेवारी पाएको ओलीले अनुचित काममात्र गर्न थालेपछि आफूहरु विपक्षमा उभिएको बताए । ‘ओलीमा अहंकार र दम्भ बढ्यो । पार्टीको नीतिभन्दा नेता ठूलो देख्न थाले, गफमात्र दिने, काम सुक्को नगर्ने भए, संविधानको हत्या गर्न थाल्नु भयो,’ अध्यक्ष नेपालले भने, ‘यसैकारण हामीले उनीविरुद्ध मोर्चा बनायौं र संविधानको रक्षा गर्न सफल भयौं ।’

ओलीले मुलुकको अधिकांश स्थानमा अस्पतालको शिलान्यास गर्ने काममात्र गरेको नेता नेपालको आरोप छ । उनले तत्कालीन प्रधानमन्त्री ओली गफाडी प्रधानमन्त्रीको रुपमा गिनिज बुकमा लेखिने आरोप लगाए । अध्यक्ष नेपालले आगामी निर्वाचनमा ५ दलीय गठबन्धन अगाडि बढ्ने भन्दै ओली नेतृत्वको एमालेसँग सहकार्य नहुने बताए ।

फरक प्रसंगमा नेता नेपालले निर्वाचन प्रणलीमा भएका विकृति, विसंगतीलाई चिर्दै अगाडि बढ्नु पर्ने बेला आएको बताए ।

प्रकाशित : कार्तिक ९, २०७८ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?