प्रधानन्यायाधीशसम्बन्धी विवाद एक/दुई दिनभित्रै निष्कर्षमा पुग्छ : दाहाल

'हिजो हामी गठबन्धनका तीन दल बसेर यो बारेमा छलफल गर्‍यौं । अब पाँचै दल बसेर एक/दुई दिनभित्रै एउटा विन्दुमा पुग्छौं'
'महाअभियोगको चर्चा नै भएको छैन'
रमेशकुमार पौडेल

चितवन — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग जोडिएर आएको न्यायलयसम्बन्धी विवाद एक/दुई दिनभित्रै टुंगिने बताएका छन् ।

प्रधानन्यायाधीशसम्बन्धी विवाद एक/दुई दिनभित्रै निष्कर्षमा पुग्छ : दाहाल

भरतपुर विमानस्थलमा मंगलबार पत्रकारसँग कुराकानी गर्दै दाहालले प्रधानन्यायाधीशसम्बन्धी विवादमा संक्षिप्त टिप्पणी गरेका छन् । दाहालले भने, 'हिजो हामी गठबन्धनका तीन दल बसेर यो बारेमा छलफल गर्‍यौं । अब पाँचै दल बसेर एक/दुई दिनभित्रै एउटा विन्दुमा पुग्छौं ।'

महाअभियोग लगाउने सम्भावना छ कि छैन भन्‍ने पत्रकारको जिज्ञासामा उनले भने, 'महाअभियोगको चर्चा नै भएको छैन ।'

गजेन्द्र हमाललाई मन्त्री नियुक्तिको विषयलाई लिएर विवाद सुरू भएको र राजीनामा दिए पनि विवाद चर्किरहेको उनले बताए । 'न्यायलयको स्वतन्त्रतामा कतैबाट आँच नआओस् भने सन्दर्भमा हामी सबै सतर्क हुनु पर्छ । अहिले जुन डिवेट चलेको छ त्यो एक/दुई दिनभित्रै निष्कर्षमा पुग्छ,' दाहालले भने ।

मंगलबार परिवारसहित चितवन दाहाल १२ गतेसम्म चितवन रहने कार्यक्रम छ ।

प्रकाशित : कार्तिक ९, २०७८ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?