१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

भोलिदेखि सर्वोच्चमा बहस गर्दैनौं : वरिष्ठ अधिवक्ता थापा

कान्तिपुर संवाददाता

काठमाडौँ — वरिष्ठ अधिवक्ता शम्भु थापाले बुधबारदेखि कानुन व्यवसायीहरुले सर्वोच्च अदालतमा बहस नगर्ने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने र उनले गरेका गलत कामको छानबिन हुनुपर्ने आफूहरुको माग रहेको थापाले बताए । 

भोलिदेखि सर्वोच्चमा बहस गर्दैनौं : वरिष्ठ अधिवक्ता थापा

नेपाल बार एसोसिएसनले बोलाएको सल्लाहकार समितिको बैठकमा आफ्ना धारणा राखेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधाीश जबरा पदमा रहेसम्म सर्वोच्चमा बहस बहिस्कार गर्ने बताए ।

बारको सल्लाहकार समितिमा पूर्वअध्यक्ष, उपाध्यक्ष र महासचिव रहेका छन् । बारका पूर्वअध्यक्ष समेत रहेका थापाले प्रधानन्यायाधीशले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए ।

मंगलबारको बैठकमा सल्लाहकार समितिका ३७ जनाले प्रधानन्यायाधीशबारे बारले कस्तो निर्णय गर्नु उपयुक्त हुन्छ भन्नेबारे सुझाव दिएका थिए । त्यसमध्ये ३६ जनाले बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्नुपर्ने बताएका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले दिएको प्रतिवेदनले न्यायालयमा बिचौलिया रहेको औंल्याएको भन्दै थापाले त्यसलाई कार्यान्वयन नगरी रोक्न स्वयं प्रधानन्यायाधीश जबरा सक्रिय रहेको आरोप लगाए ।

प्रकाशित : कार्तिक ९, २०७८ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?