कांग्रेस पदाधिकारी र निर्वाचन समितिको बैठक बस्दै- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस पदाधिकारी र निर्वाचन समितिको बैठक बस्दै

कान्तिपुर संवाददाता

काठमाडौँ —  कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत अधिवेशन सुरु हुन बाँकी रहेका जिल्लाको विषयमा निर्वाचन समितिले पदाधिकारी र शीर्ष नेताहरुसँग छलफल गर्ने भएको छ ।

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन समितिका पदाधिकारी, पार्टीका पदाधिकारी र नेताहरुलाई ३ बजे छलफलका लागि बोलाएका छन् ।

मंगलबार दिउँसो ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा संयुक्त छलफल गर्ने तयारी रहेको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । ‘हामीले महाधिवेशनको कार्यतालिकाका विषयमा सोमबार एउटा प्रस्ताव तयार गरको छौँ । त्यही कुरा त्यहाँ पदाधिकारीहरुसमक्ष राख्छौँ । उहाँहरुको सुझावअनुसार अधिवेशन सुरु हुन बाँकी रहेका जिल्लामा कसरी अधिवेशन अघि बढाउने भन्नेबारे निर्क्यौल हुन्छ,’ उनले भने, ‘मिल्यो भने साँझसम्म कार्यतालिका आउँछ ।’

कांग्रेसले ५१ जिल्लामा स्थानीय तहको अधिवेशन गरिसकेको छ भने १३ जिल्लामा जिल्ला तहसम्मकै अधिवेशन सकिएको छ । तर, बाँकी १३ मध्ये रौतहट र रसुवाको भने क्रियाशील सदस्यता नै टुंगिएको छैन । एकैपटक अधिवेशन गर्ने शर्तमा अरु ११ जिल्लाको अधिवेशन पनि रोकिएको छ ।

निर्वाचन समितिले सोमबारै अधिवेशन हुन बाँकी रहेका हिमाली जिल्लामा तिहारअघि अधिवेशन गरिसक्ने निर्णय गरिसकेको छ । कांग्रेसले आगामी मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने मिति तोकेपनि त्यहीअनुसार तल्ला तहको अधिवेशन भने गर्न सकेको छैन ।

प्रकाशित : कार्तिक ९, २०७८ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौंमा मंगलबारदेखि ३ दिनसम्म एस्ट्राजेनेकाको दोस्रो मात्राको खोप दिइँदै 

कान्तिपुर संवाददाता

काठमाडौँ — मंगलबारदेखि काठमाडौंमा एस्ट्राजेनेकाको दोस्रो मात्राको खोप  दिइने भएकाे छ । खोप कात्तिक ९ देखि ३ दिनसम्म दिइन लागिएकाे हाे ।

स्वास्थ्य कार्यालय काठमाडौंले सूचना जारी गर्दै खोप लगाउन जाँदा जनस्वास्थ्यका मापदण्ड पूरा गर्न र विद्युतीय दर्ता अनिवार्य गर्न अनुरोध गरेको छ ।

खोप नेपाल प्रहरी अस्पताल महराजगञ्ज, विरन्द्र सैनिक अस्पताल छाउनी, वीर अस्पताल रत्नपार्क, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथली र निजामती कर्मचारी अस्पताल बानेश्वरमा गएर लगाउन सकिनेछ ।


प्रकाशित : कार्तिक ९, २०७८ १३:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×