पाँचथर पहिरोमा बेपत्ता थप एकको शव भेटियो, मृतक संख्या ३१

बेपत्ताको खोजी गर्न तालिमप्राप्त कुकुर ल्याइयो
लक्ष्मी गौतम

काठमाडौँ — पाँचथरमा बाढी तथा पहिरोमा परी बेपत्ता भएका थप एकजनाको शव भेटिएको छ ।

पाँचथर पहिरोमा बेपत्ता थप एकको शव भेटियो, मृतक संख्या ३१


सोमबार साँझ फिदिम नगरपालिका ६ का प्रेम आलेको शव भेटिएसँगै पाँचथर जिल्लाभर ज्यान गुमाउनेको कुल संख्या ३१ पुगेको छ । पहिरोमा परेका ३ जना अझै बेपत्ता छन् ।

बेपत्ता रहेका तीनजनाको खोजीका लागि सोमबार धरानबाट नेपाल प्रहरीका तालिमप्राप्त २ वटा कुकुर मिक्लाजुङ गााउँपालिका केन्द्र रवि आइपुगेको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले बताए ।

उनका अनुसार कुकुरले मंगलबार बिहानैदेखि बेपत्ता नागरिकको खोजी गर्नेछ । तीन दिनसम्म परेको बेमौसमी झरीका कारण जिल्लामा चार सय भन्दा धेरै सर्वसाधारण विस्थापित भएको बताइएको छ । यद्यपि विस्थापित र बालीनालीमा पुगेको क्षतिको विवरण अझै संकलन भइसकेको छैन ।

प्रकाशित : कार्तिक ८, २०७८ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?