कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डा. गोविन्द केसीद्वारा प्रधानन्यायाधीश जबराको राजीनामा माग

कान्तिपुर संवाददाता

काठमाडौँ — डा. गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरेका छन् ।

डा. गोविन्द केसीद्वारा प्रधानन्यायाधीश जबराको राजीनामा माग

न्यायिक विचलन, भागबण्डा, सौदाबाजी र भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको भन्दै डा. केसीले प्रधानन्यायाधीशको राजीनामा मागेका हुन् ।

सोमबार विज्ञप्ति जारी गर्दै डा. केसीले भनेका छन्–‘न्यायिक नैतिकताबाट च्युत भएको हुँदा न्यायालयको स्वतन्त्रता र स्वच्छताको रक्षाको लागि तत्काल उहाँको राजीनामाको माग गर्दछौं ।’

उनले जबराको पदीय हैसियतको अवज्ञा गर्न अपील गर्दै तत्काल राजीनामा नदिएमा उनको पदमुक्तिको लागि अहिंसात्मक आन्दोलनका कार्यक्रम घोषणा गरिने बताएका छन् ।

प्रकाशित : कार्तिक ८, २०७८ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?