३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५
विवादमा प्रधानन्यायाधीश

१३ न्यायाधीशको बैठक सकियो, मंगलबार प्रधानन्यायाधीश जबरालाई भटेर  संयुक्त धारणा राख्ने 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका गतिविधिप्रति प्रश्न उठाइरहेका सर्वोच्च अदालतका १३ जना न्यायाधीशहरूको बैठक सकिएको छ । बैठकले अहिले  अदालतभित्र देखिएका विचलन र प्रधानन्यायाधीशको भूमिकाबारे समीक्षा गरेको छ ।

१३ न्यायाधीशको बैठक सकियो, मंगलबार प्रधानन्यायाधीश जबरालाई भटेर  संयुक्त धारणा राख्ने 

झन्डै २ घण्टा चलेको बैठकले मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीश जबरालाई भेटेर आफ्नो संयुक्त कुरा राख्ने निर्णय गरेको छ ।

न्यायाधीशहरू आफ्नो बैठकमा केन्द्रित भएपछि सोमबारका सर्वोच्च अदालतका सबै इजलास प्रभावित भएका छन् । न्यायाधीशहरू प्रधानन्यायाधीश जबराका कदमप्रति असन्तुष्ट भएपछि उनले सोमबार बोलाएको फुलकोर्ट बैठक नहुने भएको छ । नेपाल बार एसोसिएसन पनि छलफलमा छ । सर्वोच्च बारको बैठक पनि केही बेरमा बस्दैछ ।

यसअघि आफूमाथिको संकटमोचनका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबार ‘फुलकोर्ट’ बोलाए पनि न्यायाधीशहरूले बहिष्कार गर्ने निर्णय गरेका थिए ।

प्रकाशित : कार्तिक ८, २०७८ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?