अपडेट

फिदिम बस दुर्घटना : दुई जनाको मृत्यु, ६३ घाइते

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको फिदिममा भएको बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ । घाइतेमध्ये २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

फिदिम बस दुर्घटना : दुई जनाको मृत्यु, ६३ घाइते

दुर्घटनामा परेर उपचारका लागि समर्पित अस्पताल ल्याइएका एक बालक र एक महिलाको निधन भएको पुष्टि भए पनि उनीहरूको पहिचान नखुलेको प्रहरीले बताएको छ ।

पाँचथरको फिदिमदेखि झापाको दमकचल्ने बस निबुखोलाबाट यात्रु लिएर झापा जाने क्रममा फिदिम–४ स्थित मध्य पहाडी लोकमार्गको सगरखण्डेमा सोमबार बिहान ११ बजे दुर्घटना भएको थियो ।

४४ सिट क्षमताको उक्त बसमा ६५ यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । घाइतेमध्ये १५ भन्दा धेरैको अवस्था चिन्ताजनक रहेको पनि उनले बताए । बसमा सवार अधिकांश यात्रु कुम्मायक गाउँपालिकाका रहेको प्रहरीले जानकारी दिएको छ ।

सिकिस्त घाइतेलाई झापा र विराटनगरका अस्पतालमा रिफर गरिएको पाँचथर अस्पतालका प्रमुख डाक्टर बुद्धिबहादुर थापाले बताए ।

प्रकाशित : कार्तिक ८, २०७८ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?