अमेरिकाले पठाएको एक लाख डोज फाइजर खोप आइपुग्यो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकाले पठाएको एक लाख डोज फाइजर खोप आइपुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकी सरकारले नेपाललाई उपलब्ध गराएको कोरोनाविरुद्धको फाइजर खोप काठमाडौं आइपुगेको छ । कतार एयरलाइन्सको जहाजबाट सोमबार बिहान पौने ९ बजे १ लाख ६२० डोज फाइजर त्रिभुवन विमानस्थल आइपुगेको हो ।

यसअघि अमेरिकाले जुलाई १२ मा १५ लाख ३४ हजार ८५० डोज जोन्सन एन्ड जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो ।

यो एमआरएनए कोभिड-१९ खोप हो । अमेरिकाको फाइजर र जर्मनीको बायोनटेक कम्पनीले यो खोप संयुक्त रूपमा निर्माण गरेका हुन् । फाइजर खोप कोरोनाविरुद्ध नेपालमा प्रयोग हुने चौथो खोप हुनेछ । नेपालमा यसअघि एस्ट्राजेनेका, भेरोसेल र जोन्सेन एन्ड जोन्सेन खोप प्रयोग भइसकेको छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले फाइजर खोप १२ देखि १५ वर्ष उमेर समूहमा प्रभावकारी हुने जनाएको छ । अन्य अनुसन्धानले पनि यो खोप ९५ प्रतिशत प्रभावकारी हुने देखाएका छन् ।

तस्बिर : अंगद ढकाल/कान्तिपुर

प्रकाशित : कार्तिक ८, २०७८ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्

अफगान नागरिक बसेको कोठामा प्रहरीको छापा

मातृका दाहाल

काठमाडौँ — सुनौली नाकाबाट गैरकानुनी रूपमा नेपाल भित्रिएर काठमाडौं आइपुगेका ७ अफगान नागरिक बसेको कोठामा प्रहरीले छापा मारेको छ ।

कात्तिक ४ गते काठमाडौं आइपुगेका ५ र असोज २४ गते आएका दुई गरी ७ अफगानलाई पक्राउ गर्न प्रहरी खटिएको छ । त्यही क्रममा सिनामंगलस्थित एक घरमा भाडामा बसेका एकै परिवारका ५ अफगानलाई नियन्त्रणमा लिन लागिएको हो । अरु २ अफगान बानियाँटारमै बसेको सूचना प्रहरीले पाएको छ । उनीहरुलाई पनि नियन्त्रणमा लिन प्रहरी खटिएको छ । सातैजनालाई पक्राउ गरी अध्यागमन विभागलाई बुझाउने तयारी भएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो ।

सुनौली नाकाबाट नेपाल भित्रिएको सूचना ढिलो गरेर सुरक्षा संयन्त्रले पाएको थियो । नेपालस्थित शरणार्थी सम्बन्धी उच्च आयोगको कार्यालयले गुपचुप अफगान नागरिकलाई अस्थायी आश्रय दिएर राखे पनि त्यसको सुइँको गृह प्रशासनले समयमै पाएन । आइतबार मात्रै यसबारे जानकारी पाएपछि गैरकानुनी रूपमा भित्रिने तेस्रो देशका नागरिकमाथि निगरानी बढाउन गृहले दक्षिणतर्फका सबै सीमानाकामा सुरक्षा जाँचलाई कडा पारेको छ ।

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले गैरकानुनी रूपमा भित्रिएका तेस्रो देशका नागरिकलाई अध्यागमन कानुन अनुसार जरिवाना लिएर डिपोर्ट गर्न सकिने बताए ।

यो पनि पढ्नुहोस् :

भित्रिन थाले अफगान ‘शरणार्थी’

प्रकाशित : कार्तिक ८, २०७८ ०९:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×