कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बेल्जियममा काम दिलाउने भन्दै मलेसिया !

कान्तिपुर संवाददाता

काठमाडौँ — दुई वर्षअघि एक नेपाली महिलालाई बेचबिखन गरेको आरोपमा प्रहरीले बागलुङको गल्कोट–४ का ४४ वर्षीय राजेन्द्र खड्कालाई सिनामंगलबाट पक्राउ गरेको छ । 

थाइल्यान्डमा कपडा पसल गर्दै आएका उनले लमजुङकी २६ वर्षीया महिलालाई बेल्जियमको होटलमा मासिक डेढ लाख रुपैयाँसम्म तलब हुने गरी हेल्पर काममा लगाइदिने प्रलोभनमा पारी ८ लाख ५४ हजार रुपैयाँ लिएर बैंकक पुर्‍याएका थिए ।

ती महिलालाई भैरहवाबाट भारतको गोरखपुर, कोलकाता हुँदै थाइल्यान्ड र कम्बोडियासम्म पुर्‍याएको खुलेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एसपी अनुराग द्विवेदीले बताए । ती महिलालाई खड्काले थाइल्यान्डमा पुर्‍याई १५ दिनसम्म कोठामा राखेको, भारतीय पर्विन्दर सिंहसमेतलाई ल्याई यौन शोषण गराएको र कसैलाई भने मार्ने धम्की दिएको खुलेको छ ।

खड्काले बैंककबाट मलेसिया पठाएपछि अलपत्र ती महिलाले भारतको कोलकाता हुँदै नेपाल फर्केपछि गत असोज १८ मा ब्युरोमा किटानी जाहेरी दिएकी थिइन् ।

प्रकाशित : कार्तिक ८, २०७८ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?