१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बाल यौन दुराचारको आरोपमा क्यानाडेली नागरिक पक्राउ

दीपक परियार

पोखरा — तीन बालकसँग यौनजन्य गतिविधि गरिरहेको अवस्थामा क्यानाडेली नागरिक पक्राउ परेका छन् । कास्की प्रहरीले शनिबार लेकसाइडको एक घरबाट ४४ वर्षीय रोबर्ट किन्कलेलाई पक्राउ गरी बालकहरूको उद्धार गरेको छ ।

बाल यौन दुराचारको आरोपमा क्यानाडेली नागरिक पक्राउ

बालकहरूलाई ललाइफकाइ विभिन्न प्रलोभनमा पारी यौनजन्य गतिविधि गरिरहेको सूचना पाएपछि पछयाउँदा रोबर्टलाई रंगेहात पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले बताए । उनका अनुसार रोबर्ट ती बालकहरूसँग आपत्तिजनक अवस्थामा भेटिएका थिए ।

प्रहरीले किन्कलेको कोठाबाट ल्यापटप, मोबाइल, राहदानीलगायतका सामग्री बरामद गरेको छ । कास्की जिल्ला अदालतबाट अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसुरमा उनीविरुद्ध सात दिन म्याद थप गरी थुनामा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक ७, २०७८ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?