अब कसैको पनि हिरासतमा ज्यान नजाओस् : गृहमन्त्री खाँण

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले अब हिरासतमा कोही पनि नागरिकले ज्यान गुमाउनु नपर्ने गरी सरकारले भूमिका खेल्ने बताएका छन् ।

अब कसैको पनि हिरासतमा ज्यान नजाओस् : गृहमन्त्री खाँण

‘अहिलेसम्म के कारणले हिरासतमा मृत्यु भयो । हामीले कार्यदल बनाएका छौँ । त्यसले सबै घटनाहरुको छानबिन गर्छ । त्यसपछि प्राप्त तथ्यहरुका आधारमा हामी अब कसैको पनि हिरासतमा ज्यान नजाओस् भन्ने गरेर भूमिका खेल्छौँ,’ मन्त्री खाँणले भने ।

आइतबारदेखि काठमाडौंमा सुरु भएको दलित जनप्रतिनिधिहरुको दुई दिने राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै मन्त्री खाँणले हिरासतमा दलित युवाहरुको मृत्युको विषयमा समेत आफू गम्भीर रहेको बताए । उनले नेपालको संविधान, ०७२ ले नेपालको विविधतालाई समेटेको भन्दै सरकारले त्यहीअनुसार सबै जाति, भाषाभाषी र समुदायको भावनालाई समेटेर काम गर्ने बताए । ‘संसदीय लोकतन्त्रले सबैको समान प्रतिनिधित्वलाई जनाउँछ । सरकारले विविधताभित्र एकताको प्रयास गर्छ,’ उनले भने, ‘हामी सबै दलहरुसँग समेत संवाद, सहमति र सहकार्यबाट सरकारका कामहरुलाई अघि बढाउन चाहन्छौँ, प्रयत्न गरिरहेका छौँ ।’

मन्त्री खाँणले संघ, प्रदेश र स्थानीय सरकारको सहकार्य र समन्वयबाट मात्रै संविधानमा व्यवस्था भएबमोजिम जनताको हक अधिकार स्थापित गर्न सकिने धारणा राखे ।

प्रकाशित : कार्तिक ७, २०७८ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?