२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

२४ घण्टामा नेपालमा ८७७ कोरोना संक्रमणमुक्त, ५२२ संक्रमित

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ८७७ कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या ७ लाख ८७ हजार ५०७ पुगेको छ ।

२४ घण्टामा नेपालमा ८७७ कोरोना संक्रमणमुक्त, ५२२ संक्रमित

यस्तै २४ घण्टामा मुलुकभर ६ हजार ६१ पीसीआर परीक्षण गर्दा ५२२ संक्रमित थपिएका छन् । यो सँगै पीसीआर परीक्षणबाट कोरोना पुष्टि हुनेको संख्या ८ लाख ९ हजार ५६ पुगेको छ । हाल सक्रिय कोरोना संक्रमितको संख्या १० हजार २ सय १ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यस्तै एन्टिजेन विधिबाट गरिएको १ हजार ५६४ परीक्षणमा ३५ संक्रमित थपिएका छन् ।

पीसीआर र एन्टिजेन विधिबाट गरिएको ७ हजार ६२५ परीक्षणमा ५५५७ जनामा पोजिटिभ देखिएको छ ।

२४ घण्टामा मृत्यु हुनेको संख्या ३ रहेको छ भने यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३४८ पुगेको छ ।

क्वारेन्टाइनमा रहनेको संख्या २२० रहेको छ । हालसम्म पीसीआर परीक्षण ४३ लाख ६८ हजार ५१२ पुगेकोछ । २४ घण्टामा खोप लगाएकाको संख्या ७ हजार ५७६ रहेको छ ।

प्रकाशित : कार्तिक ७, २०७८ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?