परराष्ट्र सचिवलाई धम्क्याउने ठाकुर मन्‍त्रालय परिसरबाटै पक्राउ

मातृका दाहाल

काठमाडौँ — परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेललाई धम्क्याएको आरोपमा सञ्जयकुमार ठाकुर आइतबार मन्त्रालयबाटै पक्राउ परेका छन् ।

परराष्ट्र सचिवलाई धम्क्याउने ठाकुर मन्‍त्रालय परिसरबाटै पक्राउ

सेवाग्राही बनेर सचिव पौडेललाई भेट्न गएका ठाकुरलाई प्रहरीले मन्त्रालयबाटै पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु लगिएको छ । धम्क्याउने ठाकुरले प्रहरीलाई आफू पूर्वकर्मचारी भएको बताएका छन् ।

परिसरका एसपी रमेशकुमार बस्नेतले ठाकुरलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

प्रकाशित : कार्तिक ७, २०७८ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?