इन्जिनियरहरू आन्दोलित

कान्तिपुर संवाददाता

काठमाडौँ — गत कात्तिक ४ गते संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त आयोजना प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले अमानवीय तरिकाले दुर्व्यवहार गरेपछि देशभरका इन्जिनियरहरू आन्दोलनमा उत्रिएका छन् ।

इन्जिनियरहरू आन्दोलित

उक्त घटनाको विरोधमा दोषिमाथि उचित कानूनी कारबाहीको माग गर्दै नेपाल इन्जिनियर्स एसोसिएसन(एनईए)को अगुवाइमा देशव्यापी रुपमा इन्जिनियरहरूको आन्दोलन सुरू भएको हो ।

आइतबार एनईएको अगुवाईमा माइतीघर मण्डलादेखि बानेश्वरसम्म विरोध प्रदर्शन भएको थियो । यस्तै, इन्जिनियर्स एसोसिएसनका सातै प्रदेश समितिको अगुवाइमा सम्बन्धित प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा विरोध प्रदर्शन गर्दै ज्ञापन पत्र पठाउने तयारी भएको एनईएका महासचिव छविराज पोख्रेलले बताए ।

घट्नाको विरोधमा सोमबार देशभरका इन्जिनयिरहरुले अत्यावश्यक सेवा बाहेकका कार्यस्थलमा पेन डाउन कार्यक्रम गरिने महासचिव पोख्रेलले बताए ।

यसअघि एनईएले कात्तिक ५ गते नै विज्ञप्ति निकालेर दोषिमाथि कारबाहीको माग राख्दै आन्दोलनको घोषणा गरेको थियो ।

प्रकाशित : कार्तिक ७, २०७८ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?