२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

स्रोतसाधन मागेरै भए पनि बाढीपहिरो पीडितलाई सहयोग जुटाउँछौं : प्रधानमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने बताएका छन् ।

स्रोतसाधन मागेरै भए पनि बाढीपहिरो पीडितलाई सहयोग जुटाउँछौं : प्रधानमन्त्री

आइतबार प्रदेश १ को बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुगेका प्रधानमन्त्री देउवाले विशेष गरी किसानहरुको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको घोषणा गर्ने बताएका हुन् । उनले बेमौसमी वर्षाका कारण देशभर आएको अविरल वर्षा पछिको बाढी र पहिरोले ठूलो क्षति गरेको बताए ।

प्रधानमन्त्री देउवाले खेतमा पाकेर घर भित्र्याउने बेला भएको धानबालीमा वर्षा र बाढीपहिरोले धेरै क्षति गरेको भन्दै सबैभन्दा पहिला गास, बास र किसानहरुको पीडामा मल्हम लगाउने काम सरकारले गर्ने बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘अहिलेको अवस्था बुझेको छु । काठमाडौं गएर छिट्टै राहत प्याकेज घोषणा गर्नेछौं । साधन स्रोत मागेरै भए पनि अहिलेको अवस्थामा पीडितहरुलाई सहयोग जुटाउँछौं । बाढीपहिरोले धेरै नोक्सान गरेको छ । हामी पीडितलाई ऋण लिएर भए पनि बासस्थानको र खानको लागि व्यवस्था गर्नेर्छौं । सरकारको पहिलो प्राथमिकता भनेकै यही हो । अहिले धानबालीमा धेरै क्षति भएको छ । त्यो समस्यालाई समाधान गर्नका लागि पनि हामी किसानलाई ऋण उपलब्ध गराउँछौं ।’

प्रधानमन्त्री देउवाले बाढीपहिरो पीडितको उद्धार तथा राहत कार्यमा जुटने काम गरेकोमा सुरक्षाकर्मीहरुको समेत प्रशंसा गरे । सुरक्षा प्रमुखसहित स्थानीय निकायका प्रमुखहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री देउवाले विपत्तिमा पूर्वाधार विकास भन्दा पनि मानवीय क्षति रोक्नु र राहतका कार्यलाई प्राथमिकता दिनु प्रमुख आवश्यक भएको बताए ।

प्रकाशित : कार्तिक ७, २०७८ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?