कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एमालेका ६ हजारभन्दा बढी वडा अधिवेशन सम्पन्न

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)को ६ हजारभन्दा बढी वडा कमिटीको अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले मुलुकभरका ६ हजारभन्दा बढी वडा कमिटीको अधिवेशन सम्पन्न भएको रिपोर्ट आएको जानकारी दिएका छन् ।

एमालेका ६ हजारभन्दा बढी वडा अधिवेशन सम्पन्न

अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट मुलुकभरका वडा अधिवेशनको उद्घाटन गरेका थिए । करिब १ बजे सकिएको उद्घाटन समारोहपछि देशभर निर्विरोध रूपमा वडा कमिटी चयन भएका तामाङले बताए ।

'शनिबार साँझसम्म ६ हजारभन्दा बढी वडा कमिटीको अधिवेशन सम्पन्न भएको रिपोर्ट केन्द्रीय कार्यालयमा आएको छ,' तामाङले भने, 'सुदूरपश्चिम र पूर्वी पहाडको पाँचथरलगायतका केही वर्षा र पहिरोले प्रभावित र केही डुबानमा परेका जिल्लामा भने अधिवेशन हुन सकेको छैन ।' अधिवेशन हुन नसकेका वडाहरूलाई कार्तिक १५ गतेभित्र सम्पन्न गरिसक्न भनिएको पनि तामाङले बताए ।

नेतृत्व चयन भने सर्वसम्मत रूपमा भएको उनले बताए । 'हामीकहाँ आएको रिपोर्टअनुसार वडा कमिटीको नेतृत्व चयनका लागि निर्वाचन र विवाद भएको कुनै रेकर्ड छैन । सबै ठाउँमा सर्वसम्मत नेतृत्व चयन भएको छ,' उनले भने ।

एमालेको वडा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित भएका हुन् । प्रत्येक कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । देशभरि छ हजार ७४३ वडा रहेका छन् । कुन वडा कमिटीमा को-को चयन भएका हुन् भन्ने सबै तथ्यांक आइतबारसम्म केन्द्रीय कार्यालयमा आउने एमालेले जानकारी दिएको छ ।

केन्द्रीय कार्यालय सचिव तामाङले पार्टीमा देखिएको विवाद वडा अधिवेशनमा नपरेको बताए । उनले उत्साहका साथ कार्यकर्ताहरू अधिवेशनमा सहभागी भएको र एकढिक्का भएर नेतृत्व चयन गरिएको पनि जानकारी दिए । 'सर्वसम्मत नेतृत्व चयन भएको छ । संगठनात्मक संरचना एकीकरणका नाममा भत्काएका थियौं, अब लयमा ल्याएका छौं,' उनले भने, 'पार्टीमा रहेको भनिएको विवादको केही पनि प्रभाव रहेको भन्ने देखिएन । नेता-नेता माथि वेमेल गरिरहेको देखिन्छ तल कार्यकर्तामा त्यस्तो देखिएन ।'

एमालेको पालिका अधिवेशन कात्तिक ९ गतेका लागि तय गरिएको छ । पार्टी महाधिवेशन भने मंगिर १० देखि १२ गतेसम्म चितवनमा तय गरिएको छ ।

प्रकाशित : कार्तिक ६, २०७८ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?