कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सुर्खेतको कटकुवा सामुदायिक वनमा बेवारिसे बम विस्फोट, दुई जना घाइते

कृष्णप्रसाद गौतम

सुर्खेत — वीरेन्द्रनगर नगरपालिका–७ कटकुवा सामुदायिक वनमा बेवारिसे अवस्थामा छाडिएको बम विस्फोट हुँदा दुईजना घाइते भएका छन् । घाँस दाउरा संकलन गर्ने क्रममा शनिबार बम विस्फोट हुँदा गुराँस गाउँपालिका–६ दैलेखका १४ वर्षीय नरेश नेपाली र २१ वर्षीया लिला परियार घाइते भएका छन् ।

सुर्खेतको कटकुवा सामुदायिक वनमा बेवारिसे बम विस्फोट, दुई जना घाइते

घाइतेहरुलाई देउती अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरेन्द्रनरस्थित आँखा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रामप्रसाद घर्तीले बताए । उनका अनुसार मुखमा छर्रा लागेका नरेशको आँखामा पनि चोट देखिएपछि आँखा अस्पतालमा भर्ना गरिएको हो ।

नेपाली सेनाले केही समय पहिले कटकुवा क्षेत्रमा अस्थायी तालिम सञ्चालन गरेकाले सो क्रममा बम छुटेको हुनसक्ने स्थानीयको आशंका छ । घटनाबारे थप अनुसन्धानका लागि सेनाको टोली पठाइएको उनले जानकारी दिए ।


प्रकाशित : कार्तिक ६, २०७८ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?