२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सञ्चालनमा आयो विराटनगर विमानस्थल

देवनारायण साह

मोरङ — विराटनगर विमानस्थलबाट शनिबारदेखि नियमित उडान सुरु भएको छ । आज बिहान साढे ८ बजे काठमाडौंबाट विराटनगरका लागि बुद्ध एयरको उडान भएको विराटनगर विमानस्थलका प्रमुख उत्सव खरेलले बताए ।

सञ्चालनमा आयो विराटनगर विमानस्थल

सिभिआर रुममा पानी पसेर बिग्रेकोले उडान संख्या घटाउन एयरलायन्स कम्पनीहरुलाई जानकारी गराएको उनले बताए । एयरलायन्स कम्पनीहरुले आज कतिवटा उडान गर्नेबारे अहिलेसम्म स्पष्ट जानकारी गराइनसकेको उनको भनाइ छ ।

विमानस्थल सञ्चालनका लागि शुक्रबार धावनमार्ग, पार्किङ क्षेत्र, टर्मिनल भवन सुरक्षाकर्मीहरुको सहयोगमा सफाई गरिएको थियो ।


काठमाडौंबाहिरको भैरहवापछि सर्वाधिक उडान हुने विराटनगर विमानस्थल मंगलबार बाढी पसेर जलमग्न हुँदा कुनै पनि उडान हुन सकेको थिएन । वर्षातका साथै केसलिया र बस्ता खोलाको पानी पसेर विमानस्थलको सबै क्षेत्र डुबेको थियो । बुद्ध एयरलायन्स र श्री एयरलायन्सको दुई वटा विमानसमेत डुबानमा परेको थियो ।


विमानस्थलका प्राविधिक अधिकृत रामनिवास यादवका अनुसार विमानस्थलस्थित दुई वटा एक्सरे मेसिन र सिभिआर रुममा पानी पसेर बिग्रेको छ ।

विराटनगरबाट दैनिक आउने र जाने गरी ४२ वटा उडान भइरहेको थियो । विराटनगर विमानस्थलबाट दैनिक १ हजार बढी यात्रु हवाइ यात्रा गर्दै आएका थिए ।

प्रकाशित : कार्तिक ६, २०७८ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?